दाङमा थप ७५ जनामा कोरोना संक्रमण

दाङमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या ४५५ पुगेको छ। संक्रमितहरू घोराही उपमहानगरपालिका–३१ जना, तुलसीपुर उपमहानगरपालिका ११ जना, बंगलाचुली गाउँपालिका १० जना, राजपुर गाउँपालिकाका १० जना, शान्तिनगर गाउँपालिका ६ जना, लमही नगपालिका ३ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ जना रहेका छन्।

त्यसै गरी एक जना बेवारिसे महिलामा पनि कोरोना संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय