आइसोलेसनबाटै भागे २१ संक्रमित

पुनः परीक्षण नभएको भन्दै दैलेखको नौमुले गाउँपालिकास्थित आइसोलेसनबाट २१ जना कोरोना संक्रमित भागेका छन्। जिल्लाको नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन सेन्टरबाट संक्रमितहरू बिहीबार भागेका हुन्।

कोरोना पुष्टि भएको एक हप्ता भइसक्दा समेत पुनः परीक्षण नभएको भन्दै उनीहरू भागेको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले बताए। भागेका केही संक्रमितलाई प्रहरीले पक्राउ गरेर पुन: आइसोलेसनमा ल्याएको उनले बताए। तर, अझै पनि केहि संक्रमित सम्पर्कमा नरहेर गाउँ-गाउँ डुलिरहेको हुन सक्ने अध्यक्ष बुढाको भनाइँ छ। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद कोइरालाले दिएको जानकारी अनुसार २१ जना आइसोलेसनबाट भागेका हुन्। आइसोलेसनमा एक सय ४२ जना रहेकोमा २१ जनाको भागेको भन्ने सुनिएको र एकिन विवरण संकलन भइरहे उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय