सुदूरपश्चिममा थपिए ३५ संक्रमित, कुल संक्रमित १७ सयभन्दा बढी

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार धनगढी स्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र २८ पुरुष गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको चुरेका ५, भजनी त्रिशक्ति नगरपालिकाका २, पुर्विचौकी गाउँपालिका डोटीमा १२, डोटीका १३, पञ्चेश्वर गाउँपालिका बैतडीका २ र भिमदत्त नगरपालिका कञ्चनपुरका जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार ७ सय दुई जना पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जना कोरोना संक्रमण पुष्टि भएको छ भने डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछाममा एक सय २५, बाजुरामा एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय