कर्णालीमा थपिए २६ संक्रमित

पुनम बि.सी./सुर्खेत
प्रकाशित
२०७७ असार १२ गते १५:०४

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुर्खेतका १३ जना, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई, मुगुका एक, काठमाडौंका एक र जुम्लाका एक जना गरी २६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ।

यसका साथै शुक्रबार २८ जना कोरोना संक्रमण निको घर फर्किएका छन्। हालसम्म कर्णालीमा सात सय २० जनाले संक्रमण जितेका छन् भने ६ जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय