दाङमा मात्र ५४ बालबालिकामा कोरोना पुष्टि

फाइल फोटो

दाङमा करिब डेढ महिनाको अवधिमा ५४ बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्लाका विभिन्न ठाउँमा ११ बालिका र ४३ बालकमा कोरोना संक्रमण देखिएको हो।

जिल्ला आपत्कालीन कार्य सन्चालन केन्द्रका अनुसार कोरोना संक्रमित सबैभन्दा धेरै बालबालिका बंगलाचुली गाउँपालिकामा २५ बालबालिका छन्।

घोराही उपमहानगरपालिकामा २०, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा ३-३, राप्ती गाउँपालिकामा २ र गढवा गाउँपालिकामा एक बालकमा कोरोना संक्रमण देखिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका विनायक पौडेलले जानकारी दिएका छन्।

संक्रमित बालबालिकामध्ये हालसम्म १० जना डिस्चार्ज भएका छन् भने बाँकी ४३ बालबालिका कोरोना विशेष अस्पताल बेलझुन्डी, कोरोना विशेष आइसोलेसन सेन्टर नारायणपुर, देउखुरी कोरोना आइसोलेसन सेन्टर लालमटिया र बंगली गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा उपचाररत छन्।

कोरोना संक्रमित हुने एक वर्षसम्मका बालिका छन्। दाङमा ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
संक्रमित एकजनाबाहेक ५३ बालबालिका अभिभावकसहित भारतबाटै फर्किएका रहेका छन् ।

घोराही उपमहानगरपालिकाका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका बालबालिका र महिलालाई नेपाल महिला सामुदायिक संस्थाले केही दिने पहिले पौष्टिक आहारका सामग्रीसमेत वितरण गरेको थियो।

जिल्लामा हाल कोरोना संक्रमितसंख्या ३ सय ८० जना रहेका छन्। त्यसमध्ये ९३ जना उपचारपछि फर्किएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकामा अझै कोरोना भाइरसको संक्रमण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय