राजु सदाको मृत्युबारे जनकपुर प्रादेशिक अस्पतालले भन्यो– क्वारेन्टाइन हुँदा गम्भीर समस्या थियो

नेपालमा क्वारेन्टाइनको राम्रो व्यवस्थापन नहुँदा मृत्युको घटना दिनहुँ बढिरहेको छन्। हसंपुर नगरपालिका क्वारेन्टाइनबाट विभिन्न स्वास्थ्य समस्या आएपछि जेठ २९ मा जनकपुर प्रादेशिक अस्पताल भर्ना भएका एक युवकको मृत्यु भएको छ।

अस्पतालले मृतकको क्वारेन्टाइनमा बिरामीको अवस्था खराब रहेको उपचारमा यथेष्ठ उपायहरु अबलम्वन गर्दा पनि बचाउन नसिकएको अस्पतालले जनाएको छ।मृतक अस्पताल आउँदा झाडा,वान्ता जस्ता समस्या रहेको अस्पतालका मेडिकल विभाग तथा कन्सल्टेन्ट फिजिसयन डा. कुलदीप पडितले बताए।

बिरामीको पिसिआर रिर्पोट आएपछि थप उपचारको लागि इमरजेन्सी विभागमा सिफ्ट गरी लेबल अफ कियर बढाइएको अस्पतालले जनाएको छ।  छिमेकी राष्ट्रको उत्तरी विहारमा एन्सेफलाइटिस रोग धेरै हुने गरेको, लामखुट्टेको टोकाइबाट रोग सर्ने गरेको र निज बिरामी सोही इलाका भई नेपाल प्रवेश गरेकाले उक्त रोगको बाट मृत्यु भएको अस्पतालले आशंका गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय