कर्णाली प्रदेश अस्पतालका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पताल सिल

वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालमा कार्यरत चार जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतमा भएको पिसिआर परीक्षणमा बिहीबार ७२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये चार जना स्वास्थ्यकर्मी रहेका छन्।

अस्पतालमा कार्यरत चार जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

थप सर्तकता अपनाउँदै आकस्मिक बाहेका सबै सेवा बन्द गरिएको उनले बताए। अर्को सुचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा रोकिएको डा. खड्काले बताए। कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि आइसोलेसनमा राखिएको छ।

सोही अस्पतालमा कार्यरत थप पाँच स्वास्थ्यकर्मीमा गत सोमबार कोरोना पुष्टि भएको थियो। उनीहरूको पनि उपचार भइरहेको छ। योसँगै कर्णाली प्रदेश अस्पतालका संक्रमित स्वास्थ्यकर्मीको संख्या नौ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय