गण्डकीमा थपिए २५ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ। शुक्रबार बिहान तनहुँ, स्याङ्जा, बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित ७ सय ९२ पुगेका हुन्।

आज तनहुँको व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाको कालीगण्डकीका १ पुरुष र बागलुङको बरेङ गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ।

नवलपुरको गैंडाकोट नगरपालिकाका ७ पुरुष, कावासोती नगरपालिकाका १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। गण्डकीका संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ।

१०१ जना निको

गण्डकी प्रदेशमा शुक्रबार बिहानसम्म १ सय १ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान विज्ञप्ति निकालेर गोरखाको गण्डकी गाउँपालिकाका ५ पुरुष, गोरखा नगरपालिकाका ३ पुरुष र १ महिला गरी जम्मा ९ जना निको भएर घर फर्केको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय