विश्‍वभर कोरोना संक्रमितको संख्या ९७ लाख नजिक, ५२ लाखभन्दा बढीले जिते संक्रमण

विश्वभर कोरोना भाइरस संक्रमित संख्या ९७ लाख नजिक पुगेको छ। वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा कुल संक्रमित संख्या ९६ लाख ९९ हजार ५ सय ७५ पुगेको छ।

कोरोनाका कारण हालसम्म ४ लाख ९० हजार ९ सय ३३ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म ५२ लाख ५१ हजार १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

३९ लाख ५७ हजार ५ सय ३१ जना संक्रमित उपचाररत रहेकोमा ५७ हजार ६ सय ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। ३८ लाख ९९ हजार ९ सयको स्वास्थ्यवस्था सामान्य छ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख २६ हजार ७ सय २६ जनाले ज्यान गुमाइसकेका छन्।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ। ५५ हजार ५४ जना संक्रमितको ज्यान गइसकेको छ।

६ लाख १३ हजार ९ सय ९४ जना संक्रमित भेटिएको रुसमा पनि ८ हजार ६ सय ५ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा पनि संक्रमणदर उच्च गतिमा बढ्दो छ। पछिल्लो तथ्याङ्क अनुसार भारतमा संक्रमित संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ। जसमध्ये १५ हजार ३ सय ८ जनाले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय