नौ चिकित्सक र १६ नर्ससहित कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ७२ पुग्यो

कोरोना भाइरसविरुद्धको लडाईमा अग्रभागमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीमा भाइरसको संक्रमणदर बढ्दो छ।

कोरोना भाइरसका कारण सर्वसाधारण मात्रै नभई स्वास्थ्य क्षेत्रसँग जोडिएका डाक्टर, नर्स, अहेब, ल्याब असिस्टेन्ट, अनमी, सिएमए, फर्मासिस्ट सबैमा भाइरसको संक्रमणदर बढ्दो छ।

नेपालमा हालसम्म ७२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमधये नौ जना डाक्टर, १६ नर्स रहेका छन् भने ४७ जना अहेब, ल्याब असिस्टेन्ट, अनमी, सिएम, फर्मासिस्ट रेडियोलोसजिस्ट र स्वास्थ्य स्वयमसेवीका छन्।

प्रदेश नम्बर पाँचमा सबैभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जहाँ १८ जना स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित छन्। सबैभन्दा कम स्वास्थ्यकर्मी संक्रमित प्रदेश नम्बर एकमा रहेका छन्। जहा पाँच जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश नम्बर एकको जिल्ला अस्पताल धनकुटामा कार्यरत २ जना नर्स २ जना हेल्थ असिस्टेन्ट र १ जना झापाका फर्माटिस्ट गरी ५ जना स्वास्थ्यकर्मीका कोरोना भाइरसको संक्रमण रहेको छ। उनीहरू उपचारपछि निको भई घर फर्किसकेका छन्।

प्रदेश नम्बर दुईमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। जसमा पर्साका ७ जना अहेब, विरगञ्जका १ जना फर्मासिस्ट १ जना, सप्तरीका १ जना हेल्थ असिस्टेन्ट नारारायणी अस्पतालमा कार्यरत एक नर्स, विन्दावासिनी गाउँपालिकाकी एक एक गरी ११ जनामा रहेका छन्।

बाग्मती प्रदेशमा अहिलेसम्म १० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ। जसमा ६ जना चिकित्सक र ४ जना नर्स रहेका छन्।

भाइरसको संक्रमण देखिने चिकित्सकहरूमा टेकुका १ जना, काठमाडौं मेडिकल कलेजका २ जना, नारायणी अस्पतालका दुई जना र नेपाली सेनामा कार्यरत एक जना रहेका छन्।

त्यस्तै नर्सहरूमा मनमोहन अस्पताल, काठमाडौं मेडिकल कलेज, भक्तपुरको नीजि अस्पताल र चितवन गरी चार जना रहेका छन्।

गण्डकी प्रदेशमा दुई जना चिकित्सक दुई जना नर्स र एक जना स्वास्थ्यकर्मी गरी ६ जनामा कोरोना पोजेटिभ रहेको पाइएको छ। संक्रमितहुनेमा पर्वतका एक चिकित्सक दुई नर्स,एक जान ल्याब असिस्टेन्ट र तनहुँका एक जना चिकित्सक तथा एक जना स्वास्थ्यकर्मी रहेका छन्।

प्रदेश नम्बर ५ मा १८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। जसमा दाङमा १४ जना, कपिलवस्तु रुपन्देही, बाके र अर्घाखाचीका एक/एक जना रहेका छन्। जसमा एक चिकित्सक र चार जना नर्स समेत रहेका छन्।

सबैभन्दा पछि कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली प्रदेशका ११ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। जसमा प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चार जना ल्याब असिस्टेन्ट र एक जना रेडियोग्राफर, जुम्लाका तीन सिएमए,दैलेखका दुई र रुकुम पश्चिमका एक स्वास्थ्यकर्मी रहेका छन्।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ११ जना स्वास्थ्यकर्मिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा बाजुराका ६ जना स्वास्थ्यकर्मी र कैलाली, डडेल्धुराका एक/एक नर्स, कञ्चनपुरका तीन जना ल्याब असिस्टेन्टमा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय