सुदूरपश्चिममा १ सय १८ जना संक्रमित थपिए
बितेको २४ घण्टाको अवधिमा सुदूरपश्चिममा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा २४ घण्टामा एक सय १८ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा सवैभन्दा बढी कञ्चनपुरमा ६०, बझाङमा १८, अछाममा १३, डडेल्धुरामा १२, बाजुरामा ८, तथा कैलाली र बैतडीका तीन÷तीन जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ५९ (११ महिला र ४८ पुरुष) अछामका १३ (४ महिला र नौ पुरुष) बैतडीका एक पुरुष, बझाङका १६ (३ महिला र १३ पुरुष) बाजुराका ४ (२ महिला, २ पुरुष) डडेल्धुराका १२ (१ महिला र ११ पुरुष) र कैलालीका दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै कर्णाली प्रदेश स्थित सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक÷एक पुरुषमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ६ सय ६७ पुगेको छ । आज सुदूरपश्चिम प्रदेशको धनगढी प्रयोगशालामा भने कुनैपनि व्यक्तिमा कोराना पुष्टी भएको छैन । धनगढीले २४ घण्टामा १ सय ८३ जनाको स्वाव परिक्षण गरेको थियो ।