बिहीबार काठमाडौंमा ४ जनासहित ४३४ कोरोना पोजेटिभ , संक्रमित ११ हजार नाघे

बिहिबार थप देशभर ४३४ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या ११ हजार १ सय ६२ पुगेको छ। हालसम्म ११४२ जना महिला र १० हजार २० जना पुरुषमा संक्रमण देखिएको हो।

हालसम्म रसुवामा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।बिहिबार विभिन्न अस्पताल ३१२ जनासंक्रमण निको भएर डिस्चार्ज भएको डा.गौतमले जानकारी दिए। अहिलेसम्म २ हजार ६ सय ५० संक्रमण मुक्त भएर घर फकिएका छन।

जसमध्ये २१६ जना महिला र २ हजार ४ सय ३४ जना पुरुष रहेका छन।नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुने संख्या २६ पुगेको छ। पछिल्लो विवरण अनुसार थप २ जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत एक जनाको बुधबार राति मृत्यु भएको मन्त्रालयले जनाएको छ। आइसियुमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमित पुरुष निधन भएको भएको हो। मृतक स्याङ्जाको सिरुवारीका हुन्। उनी ८ असारबाट अस्पतालमा उपचाररत थिए।

त्यसैगरी, पाटन अस्पतालमा उपचाररत ५० वर्षका पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ। बिहिबार बिहान ७ बजे मृत्यु हो।  मृतकको स्थायी ठेगाना चितवन रहेको खुलेको छ। मृतक ललिपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका थिए।

उनको ५ महिना अगाडी मिर्गौला प्रत्यारोपण गरिएको थियो। कोखा दुख्ने समस्याले ६ दिन अगाडी अस्पताल भर्ना थिए। कोरोनाको परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय