तनहुँ र नवलपुरका थप १४ संक्रमण पुष्टि

हेल्थपोस्ट/पोखरा
प्रकाशित
२०७७ असार ११ गते १६:२८

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका ९ र नवलपुरका ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ पुरुष, २ महिला र नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको हो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ। संक्रमित मध्ये ९१ जना निको भएका छन् भने स्याङ्जाका ५८ र ५५ वर्षे पुरुषको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय