पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
पाटन अस्पतालमा उपचाररत ५० वर्षका पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ। बिहिबार बिहान ७ बजे मृत्यु भएको ललिपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलाले जानकारी दिए।
मृतकको स्थायी ठेगाना चितवन रहेको खुलेको छ। मृतक ललिपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका थिए। उनको ५ महिना अगाडी मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।
कोखा दुख्ने समस्याले ६ दिन अगाडी अस्पताल भर्ना थिए। कोरोनाको परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो। पशुपति आर्यघाटमा शवलाई व्यवस्थापन गरिसकेको उनले बताए।