असोज अन्त्यसम्म कोरोना संक्रमितको संख्या पौने ४ लाख पुग्ने सरकारी प्रक्षेपण

सरकारले कोरोना संक्रमितको संख्या असोज अन्त्यसम्ममा पौने ४ लाख हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ । विश्व स्वास्थ्य संगठनसहितका प्राविधिक एजेन्सीको सलग्नतामा अहिलेसम्मको संक्रमण गणीतिय र ज्यामितीय अवस्था भारत र तेस्रो मुलुकबाट फर्किनेको अनुमान र अन्तराष्ट्रिय दरका आधारमा यस्तो आंकलन गरेको हो ।

सरकारले असार र साउन संक्रमण तीव्र गतिमा फैलिने र असारभित्रै संक्रमितको संख्या ७४ हजारभन्दा बढी हुने जनाएको छ । संक्रमितको आँकडाको प्रक्षेपण गर्दा अति खराब अवस्था र सामान्य अवस्थालाई आधार बनाएर एक्टिभ र कुल केसको छुट्टाछुट्टै आँकडा निकालिएको छ ।

केही मन्त्री, सचिवस्तरमा मात्रै सेयर गरिएको सो प्रतिवेदनमा असार अन्त्यमा पुग्दा आइसोलेसन, अस्पताल भर्ना वा आइसियुम्मको उपचार आवश्यक पर्नसक्ने एक्टिभ केसको संख्यामात्रै ३९ हजार २ सय ५७ पुग्ने आंकलन गरिएको छ ।
अति खराब अवस्था कायम रहँदा र सामान्य अवस्थामा कुल संक्रमितको संख्या कतिसम्म पुग्नसक्छ र तीमध्ये कति एक्टिभ केस हुनसक्छन् भन्ने बेग्लाबेग्लै अनुमान गरिएको छ । उच्च सरकारी अधिकारीका अनुसार यो आधारमामा ग्राफ देखिनका लागि दैनिक कम्तिमा १० हजार परीक्षण गर्ने योजना छ ।

त्यो भन्दा केही न्युन परीक्षण हुँदा पनि संक्रमितको संख्या अहिले नै निकै नजिक छ । प्रतिवेदनको सूचनालाई लिएर

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि शनिबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा असार अन्तिमसम्म संक्रमित संख्या ४० हजार पुग्नसक्ने बताएका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सुरुमा ४ हजार ५ सयसम्म संक्रमित आउन सक्छ, ३ सय जतिलाई सघन उपचार चाहिएला भन्ने आँकलनका आधारमा तयारी गरेको जानकारी गराए। डा. पाण्डेले भने, ‘अहिले परिस्थिति अर्कै ढंगले विकसित भएको छ। बाहिरबाट यसरी अनियन्त्रित रूपमा संक्रमित आउलान् भन्ने नै थिएन। अनुमानभन्दा विपरीत ढंगले संक्रमित थपिएको छ।’

संक्रमण शीर्षबिन्दु (पिक) मा पुग्दासम्म संक्रमित सबैलाई अक्सिजन सपोर्ट चाहिन सक्नेको सूचीमा राखेर अन्य तयारी गर्नुपर्ने प्रक्षेपण प्रतिवेदनले दर्शाउँछ। कोभिड–१९ संक्रमण विस्तारदेखि उच्च तहमा पुग्दासम्म अहिले अवस्थामा ३ हजार हाराहारीको डेडिकेटेड बेड चाहिन्छ। तीमध्ये २ सय ५० वटा भेन्टिलेटर र २ हजार ७ सय अक्सिजन थेरापी चाहिन्छ।

अस्पताल भर्ना गरेकामध्ये पनि १ हजारभन्दा बढीलाई निरन्तर अक्सिजन सपोर्ट दिनसक्ने उपकरण (इसिएमओ) सहितको बेड, ५०० भन्दा बढीलाई मोनिटरसहितको सेवा चाहिने देखिन्छ। २५० जनालाई त भेन्टिलेटरमै राख्नुपर्छ।

९० हजार हाराहारीमा भाइरस एक्टिभ केस पुग्दाको अवस्थामा झन्डै ८ सय हाराहारीमा अस्पताल भर्ना भएकाहरू हुने आँकलन विज्ञहरूले गरेका छन्।

प्रक्षेपण प्रतिवेदनका अनुसार साउन २५ गतेसम्म संक्रमित संख्या निरन्तर बढेर कुल संख्या २ लाख ५१ हजार २ सय ९६ पुग्दा भाइरस सक्रिय भएका संक्रमितको संख्या ९१ हजार १ सय २५ हाराहारीमा रहनेछ। रोग फैलावट सामान्य अवस्थामा रहेमा भदौ १ गते हाराहारीमा ३९ हजार ५ सय ५१ संक्रमितमा भाइरस एक्टिभ भएको र कुल संक्रमितको संख्या १ लाख १६ हजार ४ सय २९ हुनेछ।

अहिलेकै गतिमा संक्रमण दर रहने र अति खराब अवस्था कायम रहँदा भने भदौ १ मा कुल संक्रमित संख्या करिब २ लाख ९६ हजार र एक्टिभ केस झन्डै ८५ हजार पुग्ने आँकलन छ।
भदौ महिनामा चाहिँ संक्रमण दर घट्ने देखिन्छ। भदौ सुरुवातमा ८५ हजार हाराहारीमा पुग्ने एक्टिभ केस महिनाको अन्त्यमा चाहिँ ३० हजार हाराहारीमा झर्ने आँकलन छ।

संक्रमणको गति सामान्य रहँदा पनि भदौ अन्तिमसम्म करिब एक्टिभ केस २० हजार ९ सय २४ र कुल संक्रमित १ लाख ६७ हजार २ सय २४ पुग्नेछ।

असोज अन्तिममा ४ लाख हाराहारीमा संक्रमित पुग्दा एक्टिभ केसचाहिँ ७ हजार १ सय हाराहारीमा रहनेछ। यो अति खराब स्थितिको प्रक्षेपण हो। सामान्य अवस्थामा चाहिँ १ लाख ७९ हजार १ सय २३ संक्रमित र ६ हजार ४३ एक्टिभ केस हुनेछ।

मिति अति खराब अवस्थामा कुल संक्रमित अति खराब अवस्थामा एक्टिभ केस सामान्य अवस्थामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय