२४ घन्टामै विश्वभर थपिए ६७ हजार संक्रमित

विश्ववभर कोरोना संक्रमण निको हुनेको संख्या उल्ले रुपमा बढीरहेको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुग्दा कोरोना जित्नेको संख्या पनि ५१ लाख ६२ हजार सात सय ९२ पुगेको छ।

वल्र्डओमिटरका अनुसार विश्वभर संक्रमितको संख्या ९५ लाख १४ हजार नौ सय ६४ पुगेको छ। यस्तै ३८ लाख ६४ हजार दुई सय ९२ जना उपचाररत छन्।

संक्रमित मध्ये ५८ हजार चार सय ११ जना अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले उल्लेख गरेको छ। अन्य संक्रमितको अवस्था सामान्य छ।

गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ६७ हजार आठ सय ६५ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ८३ हजार आठ सय ७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय