पाल्पामा ९३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको भरतपुर अस्पतालका अनुसार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार(हिजो) गरिएको कोरोना परिक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण देखिएको हो।

बुधबार मात्रै भरतपुरमा २ सय ९७ जनाको पिसिआर परिक्षण गरिएको थियो।

त्यसमध्ये पाल्पाका मात्रै २ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ९३ जनाका कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

कोरोना संक्रमण हुनेको उमेर समुह र पाल्पाका कुन कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन।

बुधबार परीक्षण गरिएकामध्ये २ सय ४ जनाको भने पिसिआर नेगेटिभ आएको छ। चितवनको प्रयोगशालामा पछिल्लो समय सल्यान, पाल्पा, कपिलबस्तु, धादिङ, तनहुँ, नवलपरासी, मकवानपुर देखि समेत स्वाब आउने गरेका छन्। यहाँ दैनिक तीन सयको हाराहारीमा स्वाब परीक्षण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय