डिप्रेसन रोक्न के गर्ने?

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कहिलेसम्म लम्बिन्छ कसैलाई थाहा छैन। वर्तमान कोरोना महामारीको अवस्थामा सामाजिक तथा पारिवारिक जीवन कतातिर जान्छ भन्ने थाहा छैन। हामी सबै एक किसिमको मनोवैज्ञानिक त्रास र डरमा बाचिँरहेका छौं।

सुरु–सुरुको लकडाउन अवस्थामा जतिबेला महामारी इटाली, चीन, अमेरिकामा फैलिइरहेको थियो, त्यो बेलाको डरभन्दा अहिले तुलनात्मक कम छ। तर, अहिले पनि धेरै मानिसहरु डर र त्रासमा बाँचिरहेका छन्।

डर र त्रासको अवस्थामा एर्कातिर मनोसामाजिक विषयवस्तु विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्रसंघले पनि सबै राष्ट्रमा कोरोना महामारीमा मनोसामाजिक स्वास्थ्यबारे चर्चा गरिरहेका छन्।

नेपालीहरू पनि एक किसिमको डर र त्रासमा गुज्रिएको अवस्थामा विशेष गरेर लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या बढेको छ। विश्वभर हेर्दा १५ देखि ४० वर्षका युवायुवतीले आत्महत्या गरिरहेका छन्। अब आउने दिनमा हुने डिप्रेसनका समस्याका कारण आत्महत्याको दर बढिरहेको छ।

कोरोना भाइरसभन्दा अगाडिको तथ्यांक हेर्ने हो भने नेपालमा हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्ने गर्थे। हाल हरेक दिन १७–१८ जनाले आत्महत्या गरेका छन्। करिब २० प्रतिशत आत्महत्या गर्ने दर बढेको छ।

महामारी अगाडि विश्वमा हेर्ने हो भने हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या हुन्थ्यो। अमेरिकामा हरेक ११ मिनेटमा १ जना र भारतमा २ मिनेटमा १ जनाले आत्महत्या गर्ने गरेका छन्।

क्वारेन्टाइन, आइसोलेसन र घरमा लकडाउनको बसेका २०–४० वर्षका युवायुवतीमा मनोसामाजिक नकारात्मक प्रभाव परेर डिप्रेसन बढेर आत्महत्या बढेको देखिन्छ।

आत्महत्या गर्नुमा मनोविज्ञान कमजोर भएर, डिप्रेसन बढेर, तनाव झेल्न नसकेर, आवेशमा आएर आत्महत्या गर्दै आएका छन्। जीवन बाँच्नुमा कुनै सार्थकता छैन, म बाँचेर नै के गर्न सक्छु, पृथ्वीको भार भइसकें जस्ता नेगेटिभ मनोविज्ञान आएर आत्महत्या गरेको पाइएको छ। कतिपय मानिसहरूले यो कुरा आफन्तलाई प्रकट गरेका हुन्छन्।

किन मानिसले आत्महत्या गर्छ?

हामीले वैज्ञानिक तथ्यांक मान्ने हो भने कोभिड–१९ महामारीमा आर्थिक, पारिवारिक समस्यामा रहेका छौं। धेरै जनाले महामारीबाट आफन्त गुमाएका छन्। यी विभिन्न कारणले गर्दा मानसिक तनाव झेल्न नसकेर आत्महत्या गरेका छन्।

आत्महत्या गर्नुमा मनोविज्ञान कमजोर भएर, डिप्रेसन बढेर, तनाव झेल्न नसकेर, आवेशमा आएर आत्महत्या गर्दै आएका छन्। जीवन बाँच्नुमा कुनै सार्थकता छैन, म बाँचेर नै के गर्न सक्छु, पृथ्वीको भार भइसकें जस्ता नेगेटिभ मनोविज्ञान आएर आत्महत्या गरेको पाइएको छ। कतिपय मानिसहरूले यो कुरा आफन्तलाई प्रकट गरेका हुन्छन्।

केही मानिसले आत्महत्याको प्रयास पनि गर्ने गरेका छन्।

नेपालमा २०७२ सालको भूकम्पछि धेरै जनाले आत्महत्या गर्ने तथा डिप्रेसन बढ्ने गर्ने विज्ञहरूले आँकलन गरेका थिए। हामीहरूको रोगसँग लड्नसक्ने क्षमता तथा संस्कार, संस्कृति र जुन किसिमको चालचलन छ। यी विभिन्न कारणले गर्दा पनि भूकम्प पछि मनोसामाजिक समस्या कम भएको ज्ञान पाएका छौं।

अहिलेको यो महामारीमा पनि हामीबीचको सद्भाव र संस्कार छ। दुःखमा परेका नेपाली दाजुभाइ–दिदीबहिनी जो आर्थिक रूपले विपन्न रहेका छन्। यो सहयोग गर्ने बेला हो।
डिप्रेसन, एन्जाइटी भनेको ठूलो मानसिक रोग होइन। समाजमा मानसिक रोगलाई निको नहुने नकारात्मक सोच छ। महामारीको उत्पन्न भएको डिप्रेसनलाई बिना औषधीले ठीक हुन्छ। अहिलेको समय भनेको रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने हो।

विशेष गरेर हामीले घरभित्र, क्वारेन्टाइन, आइसोलेसनमा रहेका छौं भने दैनिक जीवनचर्यालाई रुटिङ बनाएर काम गर्नुपर्छ। एकदिनमा ८ घण्टा सुत्न सक्यौं भने हाम्रो शरीरमा मेनाटोलिङ भन्ने रासायनिक पदार्थले इम्युनिटी पावर बढाउन सक्छ।

सन्तुलित खानेकुरा खानुपर्दछ। विशेष गरेर भिटामिन ‘सी’ प्राप्त हुने खानेकुरा सेवन, घाम ताप्ने जस्ता गर्यौं भने रोग क्षमता बढाउँछ। दैनिक योगा, व्यायाम गर्दा हाम्रो शरीरभित्र उत्पन्न हुने नकारात्मक हर्मोन नियन्त्रणमा ल्याउँछ।

सरकारले आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति ल्याउनुपर्छ।

(स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बुधबार बोलेको भनाइमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय