महामारीमा कांग्रेसनिकट स्वास्थ्यका शुभेच्छुक संस्थासमेत प्रभावहीन, छुट्टै टिम गठनको माग

कोभिड–१९ महामारीले मुलुक आक्रान्त भएका बेला प्रमुख प्रतिपक्षी दल र यसका स्वास्थ्यसम्बन्धी संगठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै चिकित्सकहरूले पार्टीको आलोचना गरेका छन् ।

महामारीको नियन्त्रण तथा रोकथाम प्रभावकारी नहुँदा प्रतिपक्षीले पनि नागरिकप्रति उत्तरदायी बनाउन सरकारलाई दबाब दिन नसकेको र पार्टीको भूमिका पनि रचनात्मक नभएको भन्दै सम्बन्धित चिकित्सकहरूले आलोचना गरेका हुन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य जनशक्तिमा कांग्रेसप्रति आस्था राख्नेको वर्चस्व रहे पनि महामारी नियन्त्रणको काममा पार्टीले सरकारलाई जिम्मेवार बनाउन र सहयोग गर्ने दुवै भूमिका निभाउन नसकेको बताए । ‘महामारी अनि लकडाउनले जनता आक्रान्त छन्, हामीले सरकारलाई न जिम्मेवार बनाउन सकिरहेका छौं न त जनताका लागि केही राहत कार्यक्रम ल्याउन सकेका छौं,’ उनले गुनासो पोखे।

कांग्रेसले कोभिड–१९ अनुगमनका लागि सह–महामन्त्री प्रकाशसरण महत संयोजक रहेको अनुगमन समिति गठन गरेको थियो । तर, समितिले प्राविधि क्षेत्रका विज्ञ जनशक्तिसँग कुनै समन्वय नगरेको र केवल सरकारलाई ध्यानाकर्षण गराउने काममा मात्र सीमित भएको चिकित्सकहरूको आरोप छ ।

राजधानीमा महामन्त्री डा. शशांक कोइराला, पूर्वस्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा भएको कार्यक्रममा पार्टीका स्वास्थ्य क्षेत्रबाट शुभेच्छुक संस्थाहरू प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नर्सिङ संघको भूमिकाप्रति तीव्र रूपमा आलोचना भयो ।

भेलाका सहभागी चिकित्सकको धारणा सुनेपछि संक्षिप्त मन्तव्य दिँदै महामन्त्री डा. कोइरालाले चिकित्सकले उठाएका विषयमा ध्यानाकर्षण भएको भन्दै लिपिबद्ध रूपमा गर्नुपर्ने कामबारे योजना बुझाउन आग्रह गरे ।

कांग्रेसका स्वास्थ्यतर्फ चिकित्सकहरूको संगठन डेमोक्रेटिक डक्टर्स एसोसिएसनमा वर्षौंदेखि अधिवेशन नै हुन सकेको छैन । नर्सिङ संघ र स्वास्थ्यकर्मी संघमा पनि लामो समयदेखि नेतृत्व परिवर्तन हुन सकेको छैन ।

पूर्व स्वास्थ्यमन्त्री एवं केन्द्रीय सदस्य गगन थापाले महामारी नियन्त्रणको सन्दर्भमा सरकारलाई सही बाटोमा ल्याउन गरिएका प्रयासलाई सरकारले नसुनिरहेको बताए । उनले पार्टीभित्रको वैमनश्यताका कारण स्वास्थ्यलगायतका विभाग बन्न नसक्नुले पनि समस्या आएको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक स्वयंप्रकाश पण्डितले समर्थक र शुभेच्छुकको संरक्षण र जनतालाई राहतको काम नसकेको बताए । ‘यस्तो समयमा हाम्रा पार्टीका संगठनहरु कहाँ छन्?’ उनले भने ।

अर्का चिकित्सक डा. सरोज वझाले महामारी र अन्य समयमा पनि सेवामा खटिन तत्पर जनशक्ति भए पनि पार्टीले अभिभावकत्व नै दिन नसकेको गुनासो गरे । कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरूले पार्टीका संगठनमा आफ्ना मान्छे राख्ने र निस्क्रिय हुँदा कुनै कदम नचालिएको भन्दै गुनासो गरेका थिए ।

कांग्रेसका स्वास्थ्यतर्फ चिकित्सकहरूको संगठन डेमोक्रेटिक डक्टर्स एसोसिएसनमा वर्षौंदेखि अधिवेशन नै हुन सकेको छैन । नर्सिङ संघ र स्वास्थ्यकर्मी संघमा पनि लामो समयदेखि नेतृत्व परिवर्तन हुन सकेको छैन ।

देशभर क्रियाशील चिकित्सकमाथि आस्थाकै आधारमा विभिन्न नियुक्ति तथा जिम्मेवारीमा सरकारबाट अपमान नभएको उनीहरूको गुनासो छ ।

डा. केसीले पनि स्वास्थ्यकर्र्मी र नर्सहरूले जोखिम भत्ता नपाइकनै काम गर्नुपरेको, आस्थाकै आधारमा समायोजनमा समेत अन्याय गरिएको भन्दै पार्टीले पेसागत हित र जनताको स्वास्थ्य सेवाका रक्षाका लागि पनि पार्टीभित्रै छुट्टै छाता युनिट बनाएर महामारीलगायतका विषयमा काम सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय