प्रदेश दुईमा संक्रमितको संख्या तीन हजार नाघ्यो

प्रदेश २ मा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न जिल्ला गरी १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार १०३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ।

बुधबार धनुषामा २० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जिल्लाको मिथिला नगरपालिकामा ११, नगराईन नगरपालिकामा ७ र बटेश्वर गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी महोत्तरीमा १२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ। जिल्लाको गौशाला नगरपालिकामा ५, लोहारपट्टी नगरपालिकामा २ र मनरा सिस्वा नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी सप्तरीको बोदेबरसाइन नगरपालिकामा ४ र बिहुल बलान गाउँपालिकाका २ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।

रौतहटको ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जिल्लाको लक्ष्मीनीयाँ–५ शंकर प्रावि क्वारेन्टाइनका २२ र इशनाथ नगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीमा २२ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिकाका १ र विष्णु गाउँपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जानकारी दिएको छ।

प्रदेशको विभिन्न जिल्ला गरी ४१ हजार १५१ जनाको स्वाब संकलन भएकोमा ६ हजार ८१६ जनाको नतिजा आउन बाँकी रहेको बताइएको छ। मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ९ हजार १०५ जना क्वारेन्टाइनमा, १५ हजार ४५४ जना होम क्वारेन्टाइन र ७९३ जना आइसोलेसनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय