सुदूरपश्चिममा २४ घन्टामै थपिए २७२ संक्रमित

सुदूरपश्चिम प्रदेशमा २४ घन्टाको अवधीमा कोरोना संक्रमण हुनेको संख्याले नयाँ रेकर्ड बनाएके छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका गरी २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जुन हालसम्मकै संक्रमण हुने सबैभन्दा उच्च संख्या हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीर अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपशिचम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४९ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

यसै गरी आजै बीर अस्पतालको प्रयोगशालामा अछामका एक महिला र १३ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

आजै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ८, डडेल्धुराका दुई सय पाँच, बैतडीका एक सय ६०, डोटीका दुई सय नौ, कञ्चनपुरका एक सय ९४, अछामका एक सय १२, बाजुराका एक सय, बझाङका ४४ र दार्चुलाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्य पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ७५ जना कोरोना जितेर घर गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय