जब संक्रमित वडाध्यक्ष गाउँ सभाको कार्यक्रममा थिए…

बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम चलिरहेको थियो। उक्त कार्यक्रममा बंगलाचुली गाउँपालिका-२ का वडा पनि अध्यक्ष सहभागी थिए।

कार्यक्रममा रहेकै समयमा उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना संक्रमण रहेको खबर आयो। ‘आज गाउँपालिकाको बजेट प्रस्तुतको कार्यक्रम थियो, म पनि त्यही कार्यक्रममा गएको थिए,’ उनले भने, ‘कोरोना संक्रमितको रिपोर्ट आएपछि अहिले वडाको क्वारेन्टाइनमा आएको छु।’

आफूमा संक्रमण भएको थाहा पाएपछि सिँधै वडा नम्बर दुईमा रहेको प्रावि बोढिपोखरामा निर्माण गरेको क्वारेन्टाइनमा आएको उनले बताए।

उनीसँगै गएको जेठ २५ गते सोही क्वारेन्टाइनबाट स्वाब संकलन गरेका अन्य ४२ जनामा पनि संक्रमण पुष्टि भएको छ। ‘कोरोना पोजिटिभ रिपोर्ट आएपछि एकछिन कता जाने भनेर तनाव भएको थियो,’ आयोमेलसँग वडा अध्यक्षले भने,‘आफ्नै वडामा ठूलो संख्यामा संक्रमित भेटिएको हुदाँ उनीहरूलाई छोड्नु हुँदैन भन्ने लाग्यो। त्यसैले म पनि गाउँसभाबाट सिँधै क्वारेन्टाइनमै आएको हुँ।’

गाउँपालिकाले निर्माण गरेको आइसोलेसन नअटाउने भएकाले अहिले कहाँ जाने भन्ने कुराकानी भैरहेको समेत उनको भनाइ छ। कोरोना संक्रमितहरूले रोगलाई जितेर घर फर्किरहेकाले आफूलाई कुनै डर नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय