कोरोना संक्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला क्षेत्रफलभित्र निषेधाज्ञा जारी गरिएको हो।

समुदायस्तरमा कोरोना फैलिन नदिन सदरमुकाममा निषेधाज्ञा जारी गरिएको बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

बुधबार दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञजारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको थियो। प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएसँगै अस्पतालको आकस्मिक कक्षवाहेक अन्य सेवाहरु बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय