थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १० हजार ७२८ पुग्यो

बुधबार थप देशभर ६२९ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना संक्रमण देखिएको बताए। आज ११० जना महिला र ५१९ जना पुरुषमा संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १० हजार ७ सय २८ पुगेको छ। हालसम्म रसुवामा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।

बुधबार विभिन्न अस्पताल ११४ जनासंक्रमण निको भएर डिस्चार्ज भएको डा.गौतमले जानकारी दिए। अहिलेसम्म २ हजार ३ सय ३८ संक्रमण मुक्त भएर घर फकिएका छन। जसमध्ये १९७ जना महिला र २ हजार १ सय ४१ जना पुरुष रहेका छन।

नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुने संख्या २४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय