दाङमा ७६ नयाँ संक्रमित थपिए

दाङमा एकैदिन ७६ जनामा कोरोना पुष्टि भएको छ। घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको कोरोना परिक्षणका क्रममा दाङमा अहिलेसम्मकै सबैभन्दा धेरै ७६ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ।

कोरोना संक्रमित हुनेहरूमा बंगलाचुली गाउँपालिकामा ४२ जना र घोराही उपमहानगरपालिकामा ३४ जना रहेका छन्। कोरोना पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका- २ का ४२ जना रहेका छन्। बंगलाचुली गाउँपालिकामा ५ बर्षका बालक र ७ बर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ।

त्यसै गरी घोराही उपमहानगरपालिका- १ मा २५ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू धर्नाक क्वारेन्टाइनका रहेका छन्। त्यसै गरी घोराही–४ का ४ जना, घोराही–५ का ४ जना र घोराही १५ का एक जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरू ५बर्षदेखि ५७ बर्षसम्म रहेका छन्।

प्युठानका १० जनामा संक्रमण

यसैगरी प्युठानमा थप दश जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरू प्युठानको माण्डवी गाउँपालिका १ का २ जना, २ का ३ जना, ३का २ जना, ४ का २ र ७ का १ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय