जुल्ला अस्पतालमा चार स्वास्थ्यकर्मीलाई कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

प्रयोगशाला र काउन्टरमा खटिएकागरी चार स्वास्थ्यकर्मीमा कोरोना प्रमाणित भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको शिक्षण अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द गरिएको छ ।

अस्पतालले कोरोनाको जोखिम थप बढ्ने संभावना देखिएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. मंगल रावलद्धारा जारी विज्ञाप्तिमा विषम परिस्थितिमा धैर्यता अपनाउन आग्रह गरिएको छ ।

डा. रावलले अब अस्पतालमा कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्र्मी र कर्मचारीको पिसिआर परीक्षण गरिने सोअनुरुप कन्ट्रयांक ट्रेसिङ गरिने बताए ।

उनले यी सबै प्रक्रिया पूरा गरे सकेसम्म छिट्टै अस्पताललाई नियमित सेवामा फकाउँने प्रयासको बचन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय