१० दिनसम्म कोरोना रिर्पोट नआएपछि बैतडीमा स्वाब संकलन रोकियो

कोरोना परिक्षणका लागि संकलन गरिएका पुरानो स्वाबको नतिजा आउन ढिलाई हुँदा सुदूरपश्चिम प्रदेशको बैतडीमा तीन दिनदेखी नयाँ स्वाब संकलन रोकिएको छ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीका अनुसार पुरानै स्वाबको रिपार्ट नआएपछि स्थानीय तहले नयाँ स्वाब संकलन नगरेका हुन्।

बैतडीमा असार १ गतेपछि संकलन भएका स्वाबको रिपोर्ट नआएको उनले बताए।

‘धेरै स्थानीय तहले आरडिटीबाट क्वारेन्टाइनमा बसेका नगरिकको स्वास्थ्य परीक्षण गरी घर पठाउने गरेका छन्,’ उनले भने, ‘रिपोर्ट आउन ढिलाई भएपछि स्वाब संकलन गरेका नागरिकलाई पनि रिपोर्ट नआउँदै घरपठाउनुपर्ने बाध्यता छ।’

हाल सम्म जिल्लाका नौ हजार बढी नागरिकको आरडिटी परिक्षण गरिएकोमा एक हजार पाँच सय बढी नागरिकको आरडीटी पोजेटिभ देखिएको उनले बताए।

अहिलेसम्म बैतडीका एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएकामा सात सय जनाका रिपोट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। बैतडीबाट हालसम्म १३ हजार बढी स्वाब संकलन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय