कैलालीमा ४४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेश कैलालीको गोदावरी नगरपालिकामा एकै दिन पाँच महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भएको हो। गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदका अनुसार वडा नम्बर १२ का ४३ जना र ११ नम्बर वडाका एक जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका सबै १५ दिनअघि भारतको महाराष्ट्रबाट आएका रहेको उनले जानकारी दिए।

‘गोदावरी सुदूरपश्चिमका सबै जिल्ला जाने प्रमख केन्द्र होु, नगरपालिकाका प्रमुख साउँदले भने, ‘स्वदेश तथा बाहिरबाट आएकाहरू यहि क्षेत्र भएर आफ्नो जिल्लातर्फ जाने भएकाले पनि यो क्षे‌त्र उच्च जोखिममा छ। भारतबाट आउनेहरूले पनि जोखिम थपेका छन्।

गोदावरी नगरपालिका( पाँच हजार सर्वसाधारण भित्रिएका र उनीहरूले संक्रमणको जोखिम बढाएको साउँद बताउँछन्। भारतबाट नागरिकमध्ये चार हजारको आरडिटी गरेर घर पठाएको भएपनि नगरपालिकाका क्वारेन्टाइनमा अझै १५ सय नागरिक रहेको उनले बताए।

उनीहरू सबैको स्वास्थ्य परीक्षण गर्न नसकिएकाले नगरपालिकामा उच्च जोखिम रहेको उनको भनाइ छ।

उनले क्वारेन्टाइनमा रहेकाहरूको पिसिआर परीक्षणका लागि दोस्रो चरणमा किट खरिदको काम थालिएको बताए। नगरपालिकाले ४ सय पिसिआर किट किन्ने प्रक्रिया अघि बढाएको र यसअघि ३ सय किट किनेको मेयर साउँदले बताए।

नगरपालिकामा अहिलेसम्म ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण एक जनाको ज्यान गइसकेको छ।

नगरपालिकाका ४१ स्थानमा क्वारेन्टाइन निर्माण गरिएका छन्। स्वास्थ्यकर्मीले सबै क्वारेन्टाइन तथा स्वास्थ्य संस्थामा समय दिनुपर्ने भएकाले जनशक्तिको अभाव हुँदा नगरपालिकाले आवश्क पर्ने स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय