१४ जिल्लामा २ सयभन्दा बढी संक्रमित, फैलियो ७६ जिल्लामा कोरोना

नेपालमा कोरोनाको संक्रमण दिनप्रति दिन बढिरहेको छ। मंगलबारसम्मको तथ्यांक हेर्ने हो भने १० हजार ९० जना संक्रमित भइसकेका छन्। कोरोना संक्रमणले २४ जनाको मृत्यु भएको छ।

रसुवाबाहेक अन्य सबै जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ सयभन्दा बढी संक्रमण देखिने जिल्ला १४ रहेका छन्। ५० देखि २ सय संक्रमित भेटिएका २५ जिल्ला र ५० भन्दा कम संक्रमित भएका ३७ जिल्ला रहेका छन्।

संक्रमित देखिएकामध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला छन्। हालसम्म २ हजार २२४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। त्यसमध्ये ८ प्रतिशत महिला र पुरुष ९२ प्रतिशत रहेका छन्।

कुन जिल्लामा कति संक्रमित?

२ सयभन्दा बढी संक्रमित रहेका १४ जिल्ला

सबैभन्दा बढी संक्रमण देखिने जिल्ला रौतहटमा १ हजार १ सय ५९, दैलेखमा ७४९, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१६, महोत्तरीमा ५३९, सुर्खेतमा ३२३, दाङमा ३१५, धनुषामा ३१७, रूपन्देहीमा २७४, बाँकेमा ३४४, कैलालीमा ३२८, अर्घाखाँचीमा २५१, गुल्मीमा २३६ र डडेल्धुरामा २०४ जनामा संक्रमण पुष्टि भएको छ।

५० देखि २ सय संक्रमित भेटिएका २५ जिल्ला

५० देखि २ सयसम्म संक्रमण भेटिएका २५ जिल्ला रहेको मन्त्रालयले जनाएको छ। त्यसअनुसार झापामा २००, सल्यानमा १७५, पर्सामा १५८, सप्तरीमा १९५, बर्दियामा १५३, बैतडीमा १५४, मोरङमा १३१, बारामा १०८, नवलपरासी पूर्वमा १७५, कञ्चनपुरमा ११२, धादिङमा १३७, सिरहामा १६२, स्याङ्जामा १४२, बागलुङमा १३१, अछाममा ८३ संक्रमित भेटिएका छन्।

त्यस्तै बाजुरामा ९०, प्युठानमा १७४, सुनसरीमा ६७, पाल्पामा २३१, डोटीमा १४८, नवलपरासी पश्चिममा ८१, तनहुँमा ९१, उदयपुरमा ५५, गोरखामा ८१, पर्वतमा ६५ जना संक्रमण पुष्टि भएको छ।

१ देखि ५० जना संक्रमित भेटिएका ३७ जिल्ला

५० भन्दा कम संक्रमण देखिएका ३७ जिल्ला रहेका छन्। त्यसअनुसार चितवनमा ४८, कालिकोटमा ४३, जुम्लामा २६, सिन्धुपाल्चोकमा २८, रामेछापमा २६, बझाङमा ४४, कास्कीमा २४, मकवानपुरमा १४, दार्चुलामा १२, नुवाकोटमा १३, काठमाडौंमा ४१, जाजरकोटमा ९, सिन्धुलीमा ८ जनामा संक्रमित भेटिएको छ।
धनकुटामा ८, भक्तपुरमा १६, भोजपुरमा ६, ललितपुरमा ६, म्याग्दीमा ८, ताप्लेजुङमा ४, रुकुम पूर्वमा ३, तेह्रथुममा ५, पाँचथरमा ३, दोलखामा २, संखुवासभामा २, इलाममा २, हुम्लामा २, मुगुमा १, डोल्पामा १, रुकुम पश्चिममा २, सोलुखुम्बुमा १, खोटाङमा ४, मनाङमा १, लमजुङमा ६, रोल्पामा ४४, काभ्रेपलाञ्चोकमा ६, मुस्ताङमा १ र ओखलढुंगा १ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाले नछोएको एक्लो जिल्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय