गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना, संक्रमित ७ सय नाघे

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको नतिजा अनुसार बुधबार बिहान कास्कीसहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार लमजुङमा ५,पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १–१ जनामा कोरोना पुष्टि भएको छ । बागलुङमा ९, नवलपुरमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नपाका १ महिला, पर्वतको कुस्माका १ महिला, स्याङ्जाको आँधिखोला र अर्जुन चौपारी गापामा ११ पुरुष, बालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको निर्देशक शर्माले जानकारी दिए । गोरखाको गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङको बरेङ गाउँपालिकामा ८ र जैमिनी गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

तनहुँको देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरको गैंडाकोट नपाका ३ महिलामा समेत कोरोना देखिएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । संक्रमितमध्ये ९१ जना निको भएका छन् भने १ को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय