पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४६४ को मृत्यु

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४६४ जनाको ज्यान गएको छ। वल्डोमिटरका अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट ४६४ जनाको मृत्यु भएको हो।

मंगलबार मात्रै भारतमा १५ हजार ६ सय १२ जनामा संक्रमण पुष्टि भयो। भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार चार सय ८३ पुगेको छ। यस्तै संक्रमितको संख्या चार लाख ५६ हजार ६२ पुगेको छ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ७८ हजार नौ सय १८ पुगेको वल्डोमिटरमा उल्लेख छ। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा मात्रै विश्वभर संक्रमणबाट पाँच हजार चार सय ३४ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ९३ लाख ४२ हजार चार सय ७१ पुगेको छ। गएको २४ घण्टामा विश्वभर एक लाख ५९ हजार आठ सय ९६ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय