कुवेतबाट पोखरा फर्किएका ३ महिलामा कोरोना पुष्टि

कुवेतबाट पोखरा फर्किएका ३ महिलासहित ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पोखराका ४ वटा वडाका ३ पुरुष र ४ महिलामा मंगलबार साँझ कोरोना पुष्टि भएको पोखरा महानगरपालिका स्रोतले जानकारी दियो।

स्रोतका अनुसार मंगलबार थपिने संक्रमितमा वडा नम्बर ३३ का ३ जना, वडा नम्बर ३२, २६, १३ र १० का १÷१ जना छन्। पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका वडा नम्बर ३२, २६, १३ र १० का महिलामा कोरोना पुष्टि भएको हो। संक्रमित ३ पुरुष भने भारतको दिल्लीबाट र १ महिला चितवनबाट पोखरा आएको स्रोतले बतायो। मंगलबार साँझ संक्रमण पुष्टि भएका सातै जना पोखरा ८ को लेकसिटी हस्पिटलको क्वारेन्टाइनमा बसेका थिए।

अर्की संक्रमित महिला भने श्रीमानसँगै चितवनबाट पोखरा आएकी हुन्। उनी वडा नम्बर ३२ की हुन्। ‘घर पोखरै भए पनि उता व्यापार गर्नुहुने रहिछ। श्रीमान/श्रीमति हप्ता दिन पहिला पोखरा आएर हाम्रो क्वारेन्टाइनमा बस्नुभयो,’ महानगर स्रोतले भन्यो। चितवनबाट आएकी संक्रमित महिलाका श्रीमानको रिपोर्ट भने नेगेटिभ आएको छ।

संक्रमित सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ९७ पुगेको छ। कास्कीका ७ संक्रमितसहित प्रदेशका ७ जिल्लाका १ सय ४ जनामा मंगलबार साँझ कोरोना पुष्टि भएको छ।

पोखरा, काठमाडौं र भरतपुरमा गरिएको स्वाब परीक्षणमा प्रदेशका १ सय ४ जनामा मंगलबार कोरोना देखिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। गण्डकी प्रदेशका संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएको उनले बताए। संक्रमितमध्ये वालिङका १ पुरुषको २५ जेठमा पोखरामै उपचारको क्रममा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय