लकडाउनमा चुकेको सरकार

विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ रोगले यतिबेला बिश्व ससंकित बनाइरहेको छ। चीनको वुहान सहरबाट सुरु भएको यो भाइरसले चीनलगायत युरोपका कयौं देश, अमेरिका हुँदै हाल नेपालसहित दक्षिण एसियाका देशमा अहिले महामारीको रूप लिइरहेको छ।

यो कोभिड-१९ बाट हाल विश्वमा चार लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, करिब ३४ लाख मानिस यसबाट संक्रमित छन् भने ३८ लाख मानिसले यो भाइरसलाई परास्त गरी नयाँ जीवनको सुरुवात गरेका छन्।

कोरोना भाइरस (कोभिड-१९) को कारणले गर्दा यतिबेला विश्वका कयौं देशहरूले लकडाउनको नीति अबलम्वन गरेका छन् भने कतिपय देशले लकडाउनको मोडालिटी परिवर्तन गरेका र केहीले हटाएका छन्। चीनको हकमा कुरा गर्दा वुहान सहरमा करिब साढे दुई महिनासम्म लकडाउन गरेको थियो। त्यो समयमा संक्रमितको संख्या क्रमिक रूपमा घट्दै शून्यमा पुगेको थियो।

जबदेखि नेपालमा लकडाउन सुरु भयो त्यो दिनदेखि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ। लकडाउनको गरिएपछि संक्रमितको संख्या घट्दै जानु र अन्त्यमा शून्यको अवस्थामा ल्याउनु हो तर नेपालमा यस विपरीत भएको देख्न सकिन्छ। कोभिड-१९ को व्यवस्थापनमा भने नेपाल सरकार चुकेको प्रष्ट देख्न सकिन्छ।

नेपालमा चैत ११ गतेदेखि एक हप्तालाई जारी गरेको लकडाउन पटक पटक थपिँदा जेठ ३२ गतेसम्म आइपुग्यो।असार १ गतेबाट लकडाउनको मोडालिटी फरकसहितको निर्णय मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

जबदेखि नेपालमा लकडाउन सुरु भयो त्यो दिनदेखि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ। लकडाउनको गरिएपछि संक्रमितको संख्या घट्दै जानु र अन्त्यमा शून्यको अवस्थामा ल्याउनु हो तर नेपालमा यस विपरीत भएको देख्न सकिन्छ। कोभिड-१९ को व्यवस्थापनमा भने नेपाल सरकार चुकेको प्रष्ट देख्न सकिन्छ।

लकडाउनका बेला सरकार चुक्नुका कारणस्

* तयारीविहीन लकडाउनः

सरकारले जारी गरेको लकडाउन पूर्वतयारी नभई आकस्मिक रूपमा गरिएकाले सुरुवाती बेलैमा यसमा चुनौती देखिएको छ। सबैभन्दा पहिले भारतलगायत विदेशमा रहेका नेपालीलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइन राखेर त्यसको उचित व्यवस्थापन गर्नुपर्ने र क्वारेन्टाइन छिटोभन्दा छिटो निर्माण गरेर अलपत्र परेका नेपालीहरूलाई नेपालमा ल्याएर उचित ब्यवस्थापन गरिएको देखिएन।

सरकारले लकडाउन गर्नुपूर्व प्रि-लकडाउन मोडेल (खुकुलो हुँदै कडा) अबलम्बन गरेर मात्रै लकडाउन गर्नुपर्ने थियो तर सरकार तयारीबिना लकडाउन गर्न हतार गरेको देखियो।

लकडाउन गर्नुपूर्व पहिले कसरी गर्नेरु अत्यावश्क सामाग्रीको व्यवस्थापन कसरी गर्नेरु मा पनि सरकार चुकेको देख्न सकिन्छ ।

* जनशक्ति परिचालनमा त्रुटिस्

कोभिड-१९को रोकथाममा दक्ष जनशक्तिको भूमिका अरु समयको तुलना धेरै तैनाथ हुनुपर्ने र अभाव भए त्यसको पदपूर्ति तुरुन्तै गरी व्यवस्थापन गरिनुपर्ने समयमा सरकारले भएको दक्ष जनशक्तिको पनि तैनाथ गर्न सरकार चुकेको देखिन्छ। यो महामारीको बेलामा नेपाल सरकारको दरबन्दीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मीमात्रै खटिएको देखिन्छ जसको विकल्पमा निजी क्षेत्रसँग समन्वयमा सरकार चुकेको देखिन्छ।

यो महामारीका बेलामा हरेक स्थानीय तहमा, हरेक प्रदेशमा विज्ञ टोली जसमा जनस्वास्थ्यकर्मी, चिकित्सक, नर्सिङ, माइक्रोबायोलोजिस्टसहितको कन्ट्रयाक ट्रेसिङ टिम हुनुपर्ने र उक्त टिमले हरेक बिरामी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा घुलमिल मानिसको नमुना लिएर त्यसको रोकथाम र नियन्त्रणमा दक्ष जनशक्तिको अभावले गर्दा सरकार चुकेको देखिन्छ।

* स्रोतसाधनको अभावस्

कोभिड-१९को महामारी फैलिएलगत्तै सरकारले आरडिटी पिसिआर टेस्ट किट खरिद गरेर परीक्षणको दायरा बढाउनुपर्ने बेलामा सरकार यसैमा विवादमा मुछिएकाले परीक्षणको दायरा सोचेजति बढ्न सकेको देखिँदैन।

स्वास्थ्यकर्मी तथा चिकित्सकलाई मनोबल बढाउने गरी तलब भत्ता, बिमाको कार्यक्रम सरकारले ल्याउन नसक्दा काम गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबलमा गिरावट आएको देख्न सकिन्छ। जसका लागि मनोबल बढाउने कुनै कार्यक्रम ल्याउन नसक्दा सरकार यसमा चुकेको देख्न सकिन्छ।

आरडिटी टेस्टको त्यति विश्वसनीय नभए पनि पिसिआर टेस्टको लागि पनि पटक पटक किट अभावले गर्दा कतिपय ल्याब बेला बेला बन्द भएको समाचारले सामाजिक सञ्जाल तताइरहेको देखिन्छ। त्यसो त सरकारले सोचे जाति ल्याब स्थापना गर्न नसेका बेलामा किट अभावले झन सोचेजतिको रिजल्ट दिन सकेको छैन।

* स्वास्थ्यकर्मीको सुरक्षा तथा प्रोत्साहनस्

कोभिड-१९ को महामारीमा अहोरात्र खटिएका अस्पताल, क्वारेन्टाइन तथा अन्य स्वास्थ्य संस्था (जस्तै स्वास्थ्यचौकी, प्राथामिक स्वास्थ्य केन्द्र) आदिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बेलाबखत कुटिएको, दुर्व्यवहार भएको खबर आइराखेका बेलामा सरकारलाई ती रातदिन नभनी खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा पनि चुनौती बन्दै गएको देख्न सकिन्छ।

त्यसैगरी सबै स्वास्थ्यकर्मी तथा चिकित्सकलाई मनोबल बढाउने गरी तलब भत्ता, बिमाको कार्यक्रम सरकारले ल्याउन नसक्दा काम गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबलमा गिरावट आएको देख्न सकिन्छ। जसका लागि मनोबल बढाउने कुनै कार्यक्रम ल्याउन नसक्दा सरकार यसमा चुकेको देख्न सकिन्छ।

* सरकारी नीति अब्बल बनाउन नसक्नुस्

कोभिड-१९ का कारणले देशमा लकडाउन हुँदा कयौं मजदुरको रोजीरोटी गुमेको छ, एक दुई पटकको राहत वितरण उनीहरूलाई खासै राहत नमिलेको र उनीहरू कोभिडले भन्दा अरू नै कारणले ज्यानको जोखिम हुनुपरेके छ। यसतर्फ राज्यको अब्बल नीति नबन्नु हो।

कोभिड-१९का कारणले संक्रमण भएका व्यक्तिहरूको परीक्षणको दायरा बढाउन नसक्नु, क्वारेन्टाइन तथा आइसोलेसन वार्डको सही व्यवस्थापन गर्न सरकार चुकेको देखिन्छ।
लकडाउन बेला भएका संक्रमितलाई व्यवस्थापन गर्नुपर्ने र थप फैलिन नदिन आवश्यक नीति बनाउन नसक्नु।

लकडाउनका बेलामा सकेसम्म धेरैभन्दा धेरै संक्रमितको पहिचान, परीक्षण र जोखिममा भएका मानिसलाई क्वारेन्टाइन तथा संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने देखिन्छ।सरकारले असार १ देखि लकडाउनको मोडेल फेरे पनि दैनिक संक्रमित संख्या बढ्दो छ र अझै भयावह नहोला भन्न सकिँदैन तसर्थ सरकारले यसतर्फ पनि ध्यान दिने हो कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय