रिएजेन्ट सही नतिजा नदिएपछि वीरगञ्जमा कोरोना परीक्षण रोकियो

नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण बन्द भएको छ। रि–एजेन्ट काम नलागेपछि मगंलबार बिहानदेखि परीक्षण रोकिएको प्रयोगशालाले जनाएको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले दिएको १ हजार थान सेनसुल वायोटेक कम्पनिको रि–एजेन्ट मार्फत रिर्पोट सही नआएको नारायणी अस्पतालका मेडिकल सुुपरिटेन्डेट डा. मदन उपाध्यायले बताए।

यसअघि महाशाखाले ८ वटा कम्पनिको किट उपलब्ध गराउँदै आएको थियो। सबै कम्पनिका किट प्रयोगमा आएका थिए, डा. उपाध्यायले भने,‘ यहाँ मात्रै होइन। यो किटले हेटैंडा, चितवन ,पोखरा, विराटनगर, दाङ र जनकपुर लगाएत चारी तिरको प्रयोगशालामा परिक्षण गर्दै नतिजा आएको छैन।’

पर्सा विभिन्न स्थनिय तहका निमार्ण गरिएको क्वारेन्टिनबाट १ हजार भन्दा बढिको संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोे उनले जानकारी दिए।

हालसम्म प्रयोगशालाबाट १० हजारभन्दा बढी नुमनाको परीक्षण भएको छ। जसमध्ये ६ हजारभन्दा बढी पर्साको र अन्य बारा,रौतहट र सलार्हीको भएका छन्।

एकैपटकमा धेरै नमुनाको जाँच गर्न सकिने भए पनि थ्रोट स्वाब संकलनपछि प्रोसेसिङ गर्ने रि–एजेन्ट किटबाट गल्ती नतिजा आएको र पहिला गरेको किट अभाव भएको डा.उपाध्यायले बताए।

‘प्रयोगशाला मार्फत दैनिक ७२ जनासम्मको नमुना परीक्षण हुँदै आएको थियो। सोमबार परीक्षण गर्दा यो किट मेसिनसँग मिल्दो आएन, उनले भने,‘ मंगलबार बिहानदेखि नै परीक्षण रोकिएको छ।’

परीक्षण स्थगित गरिएको मन्त्रालय विभाग र सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय