प्रदेश ५ मा संक्रमितको संख्या २ हजार ७ सय १८ पुग्यो

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ पुगेको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण देखिएका ९४ प्रतिशत व्यक्तिहरु क्‍वारेन्टाइनमा बसेका र भारतबाट आएका हुन्।

संक्रमति सबैलाई आइसोलेसन सेन्टरमा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए । संक्रमणपछि लक्षण देखिएका र सिकिस्त बिरामीलाई मात्रै अस्पतालमा चिकित्सकीय सेवा दिने नीति अनुरुप आइसोलेनमा राखएको उनले बताए ।

संक्रमितको संख्या बढ्दै जाँदा यहाँ आइसोलेसन सेन्टरको संख्या पनि बढाइएको उनको भनाई छ । कोरोना बिशेष अस्पतालमा राख्न संभव देखिएन उनले भने, त्ससैले आइसोलेन सेन्टर स्थापना गरि उपचारको व्यवस्थापन गरिरहेका छौं । प्रदेशका १२ जिल्लामा ९७ आइसोलेसन सेन्टर छन् ।

स्थानीय तहको संयोजनमा आइसोलेसन सेन्टर खोलिएका हुन् । उनका अनुसार क्वारेन्टाइन संचालन गरिएकै स्थानलाई व्यवस्थापन गरी आइसोलेसनमा स्तरोन्नती गरिएका छन् ।

जसमा एक हजार ५ सय ७४ जनाको रेखदेख गरिएको छ । अहिलेसम्म एक हजार एक सय ३४ जना संक्रमित निको भएर घर गएका छन् । एक सय जना कोरोना विशेष अस्पतालमा उपचाररत छन् । संक्रमणका कारण प्रदेशमा मात्रै १० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय