नेपालमा १० हजार ९९ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

मगंलबार थप देशभर ५३८ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५३८ जनामा कोरोना संक्रमण देखिएको बताए। आज ९० जना महिला र ४४८ जना पुरुषमा संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १० हजार ९९ पुगेको छ। हालसम्म रसुवामा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।

मगंलबार विभिन्न अस्पताल ८६ जनासंक्रमण निको भएर डिस्चार्ज भएको डा.गौतमले जानकारी दिए। अहिलेसम्म २ हजार २ सय २४ संक्रमण मुक्त भएर घर फकिएका छन। जसमध्ये १८९ जना महिला र २ हजार ३५ जना पुरुष रहेका छन।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २४ पुगेको छ। पछिल्लो विवरण अनुसार एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसन वार्डमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ स्थायी घर भएका ४५ वर्षीय एक पुरुषको असार ८ मृत्यु भएको हो ।

मृतक क्षयरोगी तथा दमको बिरामीको भएको मन्त्रालयले जनाएको छ। दुल्लु अस्पतालबाट असार ३ गते प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारको रिफर गरिएको थियो।

असार ३ गते स्वावको नमुना संलकन गरिएको र ४ गते रिर्पोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय