होम क्वारेन्टाइनमा बसेका एकसहित बिर्तामोडका २ युवामा कोरोना पुष्टि

झापा बिर्तामोडका दुई जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका छन्।

उनीहरूको असार ७ गते नमुना संकलन गरी परीक्षणका लागि पठाइएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए।

एक जना होम क्वारेन्टाइनमा रहेको र एक जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ। उनीहरू केही दिन अघि भारतबाट आएको बताइएको छ।

संक्रमितलाई उपचारका लागि तयारी भइरहेको खड्काले जानकारी दिए। बिर्तामोडमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो। यसअघि बिर्तामोड-२ एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भारतबाट आएर सिधै बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय