कर्णालीमा कोरोना संक्रमित एकको मृत्यु

कर्णाली प्रदेशमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । सुर्खेतको आइसोलेसन वार्डमा उपचाररत दैलेख निवासी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

दैलेखको दुल्लु नगरपालिका–३ स्थायी घर भएका उनको मंगलबार राती मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँग कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसका साथै कर्णाली प्रदेशका कोरोना संक्रमण हुनेको संख्या एक हजार तीन सय सात पुगेको छ । मंगलबार प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंगलबार गरिएको परिक्षणमा २५ जना नागरिकमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सुर्खेतका पाँच जना, दैलेखका १९ र कालिकोटका एक जनामा कोरोना पुष्टी भएको तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय