चिकित्सक/स्वास्थ्यकर्मीको सेवा सुविधा कटौती नगर्न निजी अस्पताललाई सरकारको निर्देशन

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्सलगायतका जनशक्तिको सुविधा कटौती र सेवाबाट पनि हटाउने निर्णय गरेको भन्दै यस्तो क्रियाकलाप रोक्न निर्देशन दिएको छ ।

निजी अस्पतालहरुको साझा संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपपाल (अफिन)का नाममा पत्र लेखेर मन्त्रालयले आगामी दिनमा भाइरसको संक्रमण दिन प्रतिदिन बढ्ने देखिएको भन्दै त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी ननिकाल्न निर्देशन दिएको हो ।

गत जेठ २९ को सचिवस्तरीय निर्णयलाई उद्धृत गर्दै मन्त्रालयले आगामी दिनमा महामारीको चुनौती बढेर जाने भन्दै अझै धेरै जनशक्ति चाहिने हुँदा कार्यरत जनशक्तिको मनोवल उच्चराख्न निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीलाई चुस्त राखी सेवा सञ्चालन गर्न गराउँन र केही गुनासो भएमा मन्त्रालयसँग छलफलका लागि आउँन समेत आग्रह गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले लेखेको पत्रमा रोग बढ्ने अवस्थामा नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल गिर्नेगरी तलब भत्ता कट्टा गर्ने, करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जागिरबाट बर्खास्त गर्ने जस्ता अमानवीय गतिविधि भएको भन्दै मन्त्रालयले यसले आपत्ति जनाएको छ ।

यस्ता कार्यले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनशक्तिको कमी हुन जाने गम्भीर परिस्थितिलाई मनन गर्दै अफिनमा आवद्ध मन्त्रालयको निर्देशन लागू गर्न निर्देशन दिएको हो ।

One thought on “चिकित्सक/स्वास्थ्यकर्मीको सेवा सुविधा कटौती नगर्न निजी अस्पताललाई सरकारको निर्देशन

  1. mohp le aafno swasthya ko karmachari ko manobal kati ucha rakhya xa rw aru ko aang ma jumro dekhne aafno aang ma hatti chadheko na dekhne

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय