कोरोनाले नछोएको एक्लो जिल्ला

नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ। तर, नेपालको एक त्यस्तो जिल्ला छ, जहाँ अहिलेसम्म कोरोना संक्रमणको कुनै केस फेला परेको छैन।  त्यो हो रसुवा जिल्ला।

रसुवा छिमेकी मुलुक चीनसँग सीमा जोडिएको जिल्ला हो। त्यसैले पनि रसुवा उच्च जोखिममा रहेको आँकलन गरिएको थियो।  तर, अहिलेसम्म कुनै संक्रमित नदेखिनुमा जिल्लाको सुरक्षा व्यवस्था पनि एउटा कारण भएकाे अनुमान गरिएकाे छ।

त्यो मात्रै नभएर अन्य जिल्लामा रहेका रसुवाका बासिन्दालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भेटिएको छैन। जुन रसुवाबासीका लागि खुसीको कुरा हो।

रसुवाको जनसंख्या करिब ४२ हजार छ। सीमानाकामा कडाइका साथै जिल्ला प्रवेश गर्ने संख्या नै कम भएका कारण संक्रमण नदेखिएको जनस्वास्थ्य अधिकृत  किरण श्रेष्ठ बताउँछन्।

आवागमन व्यवस्थित

‘पछिल्लो समय भारत, कुवेत, बंगलादेश, कतारबाट मानिसहरू आएका छन्। दैनिक एक–दुई जनादेखि ५–७ जना मानिस जिल्ला प्रवेश गरिरहेका छन्,’ डा. श्रेष्ठले भने।

भारतबाट सडकमार्ग हुँदै आउने मानिसहरूलाई सुरक्षाकर्मी र कर्मचारीले सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाउने गरेको छ।  क्वारेन्टाइनमा राखिएपछि ४–५ दिनपछि स्वाब संकलन गरेर पिसिआर गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवन प्रयोगशालामा पठाउने गरिएको  श्रेष्ठले बताए।

‘चीनको उहानमा कोरोना भाइरस फैलिएपछि रसुवा नाकामा हेल्थ डेक्स निर्माण गरिएको थियो। चीनमा लोसार पर्वमा परेका बेलामा दुवैतिरको नाका बन्द गर्ने प्रचलन छ। त्यसकारण पनि आवतजावत कम भएका कारण पनि संक्रमण छिर्न सकेन,’ श्रेष्ठले भने।

‘पिसिआर रिपोर्ट नेगेटिभ आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा राखेर पुनः आरडिटीमार्फत जाँच गरी होम क्वारेन्टाइनमा पठाउने गरेका छौं,’ उनले भने, ‘बाहिरबाट आउने मानिसको निगरानीमा कडाइ गरेका कारण पनि संक्रमण देखिएको छैन।’

१७ जनाको रिपोर्ट आउन बाँकी

हालसम्म ४९ जनाको स्वाब लिएर परीक्षण गर्न पठाइएकामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको र १७ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए। ‘चीनको उहानमा कोरोना भाइरस फैलिएपछि रसुवा नाकामा हेल्थ डेक्स निर्माण गरिएको थियो। चीनमा लोसार पर्वमा परेका बेलामा दुवैतिरको नाका बन्द गर्ने प्रचलन छ। त्यसकारण पनि आवतजावत कम भएका कारण पनि संक्रमण छिर्न सकेन,’  श्रेष्ठले भने।

‘संक्रमण रोकथामको लागि पहिलादेखि नै नाकामा स्वास्थ्य सेवा विभागबाट मेडिकल अफिसरसहित गाउँपालिका हेल्थ असिस्टेन्ट खटिएका छन्,’ श्रेष्ठले भने, ‘आवतजावत गर्ने मानिसको स्क्रिनिङ गर्ने, ट्राभल हिस्ट्री लिने, रेकर्ड राख्ने काम गरियो।’

उहानमा संक्रमण फैलिएपछि रसुवामा जोखिम बढ्ने आँकलन गरिएको उनले बताए । तर, रसुवासँग जोडिएको तिब्बतमा कुनै संक्रमण नदेखिएकाले थप जोखिम नभएको उनको भनाइ थियो।

त्यसो त अन्य जिल्लाबाट रसुवा प्रवेश गर्ने नाका कमै छन्। विशेषगरी ९० प्रतिशतभन्दा बढी बेत्रावती नाकाबाट प्रवेश गर्ने गरेका छन्। ‘प्रवेश गर्ने नाका कम भएका कारणले निगरानी गर्न बढी सजिलो भयो,’ श्रेष्ठ भन्छन्, ‘हामी कहाँबाहिरबाट आउने संख्या अन्य जिल्ला तुलनामा कम छ।’

लकडाउन सुरु हुनुभन्दा पहिलादेखि नै जिल्ला नाकामा हेल्थ डेक्समार्फत स्क्रिनिङ गर्न, ट्राभल तथा संक्रमित सम्पर्कमा आएका व्यक्तिको हिस्ट्री लिने जस्ता काम गर्दै आएको उनले बताए।

जिल्ला प्रवेश गर्ने मानिस संक्रमण फैलिएको ठाउँबाट नआएको कारणले पनि संक्रमण फेला नपरेको उनको अनुमान छ।  ‘रसुवा भौगोलिक हिसाबमा हेर्दा पनि हिमालमा पर्छ। अन्तिम बिन्दु भएको कारणले मानिसको आवतजावत छैन। चीनको नाका पनि हालसम्म बन्द नै छ,’ श्रेष्ठ भन्छन्, ‘मासिनको आवजजावत कम भएको कारणले पनि संक्रमण नदेखिएको हो।’

४३ जना क्वारेन्टाइन

ट्राभल हिस्ट्रीका आधारमा क्वारेन्टाइनमा राख्ने गरेको र सुरक्षित साथ रहने व्यक्तिको होम क्वारेन्टाइनमा राख्दै आएको छ।  रसुवामा हाल १० स्थानमा क्वारेन्टाइनमा निर्माण गरिएको छ। जसमा २८० बेड क्षमता रहेको छ। हाल ४३ जना क्वारेन्टाइनमा छन्।

‘हाललाई विदेशबाट आउनेको पिसिआर परीक्षण गर्ने गरेका छौं, श्रेष्ठले भने, ‘अहिलेलाई जिल्ला बाहिरबाट आउने मानिसलाई १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गरी होम क्वारेन्टाइनमा पठाउने गरिएको छ।’

संक्रमित व्यक्ति फेला गरेमा जिल्लाले दुई अस्पतालमा ३५ बेडको आइसोलेसन बेड निर्माण गरेको छ। जिल्ला अस्पताल रसुवामा २० बेड तथा कालिका गाउँपालिको बिजुरे ग्राम अस्पतालमा १५ आइसोलेसन बेड निमार्ण गरिएको उनले जानकारी दिए।

जिल्ला अस्पतालमा पूर्वाधार निमार्ण नभएको कारण आइसियु तथा भेन्टिलेटर सेवा उपलब्ध नभएको उनले बताए। आइसियू तथा भेन्टिलेटर सेवा चाहिएमा काठमाडौं वा चितवन रिफर गर्दै आएको छ।

आवतजावत कम भएकाे कारणले संक्रमण नभेटिएकाे अनुमान

जिल्ला प्रवेश गर्ने मानिस संक्रमण फैलिएको ठाउँबाट नआएको कारणले पनि संक्रमण फेला नपरेको उनको अनुमान छ।  ‘रसुवा भौगोलिक हिसाबमा हेर्दा पनि हिमालमा पर्छ। अन्तिम बिन्दु भएको कारणले मानिसको आवतजावत छैन। चीनको नाका पनि हालसम्म बन्द नै छ,’ श्रेष्ठ भन्छन्, ‘मासिनको आवजजावत कम भएको कारणले पनि संक्रमण नदेखिएको हो।’

हाल सरकारले लकडाउनको मोडालिटी विस्तारै खुकुलो बनाउँदै गएको हुनाले अब थप चुनौती रहेको उनको भनाइ छ।  यो समाचारसम्म तयार पार्दा सम्म ९ हजार ५ सय ६१ जनामा संक्रमण देखिएको छ।

५० भन्दा कम रहेका संक्रमित भएका ३९ जिल्ला रहेका छन्। ५१ देखि २ सय संक्रमित भएका जिल्ला २४ रहेको मन्त्रालयको तथ्यांक छ। १३ जिल्लामा २ सयभन्दा बढी संक्रमित फेला परेका छन्। कोरोनाबाट मृत्यु ह्ुने संख्या २३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय