चितवनमा २२ जना कोरोना संक्रमित डिस्चार्ज

चितवनमा उपचारत २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालमा उपचारत चितवन, नवलपरासी सुस्ता पुर्व, नवलपरासी पश्चिमका र कपिल्बस्तुका गरि २२ जनालाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

नेपाल सरकारको मापदण्ड अनुसार समय अवधि पुरा गरेका कोरोना संक्रमित व्यक्तिलाई डिस्चार्ज गरिएको हो ।  ‘कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई नेपाल सरकारले डिस्चार्ज गर्न भनेको छ । हामीले सरकारको निर्देशन पालना गर्दै लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गरेका छौँ ,उनले भने ।

सोमबार र मंगलबार गरेर चितवनमा २२ जनालाई डिस्चार्ज गरिएको हो । मंगलबार कपिलबस्तुका एक र नवलपुरका दुई जना पुर्ण रुपमा निको भएर घर फर्किएका थिए । त्यस्तै आज भरतपुर अस्पतालले भरतपुर महानगरपालिकाका १०, माडीका नगरपालिकाका ६, कालिका नगरपालिकाका, कावासोति नगरपालिकाका एक एक र सुनवल नगरपालिकाका दुई जनालाई डिस्चार्ज गरेको छ ।

डिस्चार्ज भएकाहरु घर फर्किने क्रम रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार सम्वन्धित स्थानीय तह र घरपरिवारलाई डिस्चार्ज भएको पत्र काटिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु आएर लैजाने क्रम रहेको छ । डिस्चार्ज भएकाहरुलाई अझै १४ दिन क्वारेन्टाइनमा नै बस्न अनुरोध गरिएको उनले बताए।

डिस्चार्ज हुनेमा १६देखि एक महिनासम्म भरतपुर अस्पतालको आईसुलेसनमा उपचाररत रहेका थिए । २२ जना डिस्चार्ज भएसंगै भरतपुर अस्पतालमा ८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय