झापामा होम क्वारेन्टाइन बस्ने र महिला संक्रमितको संख्या बढ्दै

झापामा होम क्वारेन्टाइनमा बस्ने र महिला संक्रमितको संख्या बढिरहेकाे छ । झापामा कोरोना संक्रमित महिलाको संख्या दुई वर्षीया बालिकासहित ८ पुगेको छ।
मेचीनगरका एक जनामा कोरोना पुष्टि भएको भोलिपल्ट होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो।

दमक नगरपालिका ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको त्रास स्थानीयमा थपिएको छ। दमकका ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

मेचीनगर नगरपालिका-६ को होम क्वारेन्टाइनमा बसेका व्यक्तिको सम्पर्कमा रहेका २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड-१९ को प्रयोगशाला पठाइएको छ।

मेचीनगर नगरपालिका-६ को होम क्वारेन्टाइनमा बसेका व्यक्तिको सम्पर्कमा रहेका २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड-१९ को प्रयोगशाला पठाइएको छ।

संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन्। संक्रमित व्यक्ति भारतको युपीबाट जेठ ३० गते काँकडभिट्टा हुँदै घर आएका थिए।

होम क्वारेन्टाइनमा व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गर्ने काम थालिएको नगरपालिकाकी उपप्रमुख गीता भण्डारीले बताइन्। उनको परिवार र सम्पर्कमा आएका व्यक्तिको संख्या यकिन भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने छ। यस्तै झापामा महिला संक्रमितको संख्या पनि थपिदै गएको छ।

पछिल्लोपटक भद्रपुर नगरपालिकाका दुईजना महिलामा कोरोना पुष्टि भएको छ। भद्रपुरका संक्रमित दुई महिला २७ र ३० वर्षका छन्। उनीहरू कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको भद्रपुरका उपप्रमुख चन्द्रा श्रेष्ठले जानकारी दिइन्।

तीन दिनअघि अर्जुनधाराकी दुई वर्षीया बालिकासहित एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित महिला दुई वर्षीया बालिकाकी आमा हुन्। उनको उमेर २२ वर्ष छ। उनीहरू जेठ २७ गते भारतको बिहारबाट काँकरभिट्टा नाका भएर आएका थिए।

यसअघि हल्दिबारी गाउँपालिका १ र ३ का महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू दुवै ३० वर्षीया हुन्। कतारबाट आएका उनीहरू त्यहाँको स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

भद्रपुरका संक्रमित दुई महिला २७ र ३० वर्षका छन्। उनीहरू कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको भद्रपुरका उपप्रमुख चन्द्रा श्रेष्ठले जानकारी दिइन्।

झापाको शिवसताक्षी नगरपालिकामा एक महिलामा कोरोना संक्रमण पुष्टि थियो। शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ती महिला कहाँबाट आएकी हुन् अहिलेसम्म खुलाइएको छैन।

त्यसअघि गौरादह नगरपालिका-९ की २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । उनी पनि क्वारेन्टाइनमा नै बसेकी थिइन् । उनीहरू दुवैजना भारतबाट आएका हुन् ।

झापा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९३ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १३२ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय