बबई गाउँपालिकाको नीति तथा कार्यक्रम : प्राथमिकतामा स्वास्थ्य

बबई गाउँपालिकाले कृषिले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। कोरोना महामारीका कारण मुलुकको अवस्था असहज र बन्दाबन्दीले जनजीवन प्रवावित भैरहेका बेला कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका प्रत्यक्ष खटिने कर्मचारीका मनोवल उच्च राख्न तवलको शतप्रतिशत भत्ता र बिमाको लागि बजेट बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

बबई गाउँपालिकाको सातौं गाउँसभामा नयाँ आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नीति कार्यक्रम सोमवार सावर्जनिक गर्दै अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिकाका स्वास्थ्य सस्थामा सुत्केरी हुने दर बढाई मातृ तथा नवशिशु स्वास्थ्य र पोषणमा सुधार ल्याउन ‘सुत्केरी पोषण कार्यक्रम अन्तर्गत नेपाल सरकारले उपलव्ध गराउने रकममा दुई हजार थपम गरि उपलव्ध गराउने निर्णय गरेको छ। आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योगमार्फत विकासको आधार तयार गर्ने निती तथा कार्यक्रम ल्याएको छ।

गाउँपालिकाले कृषिको यान्त्रीकरणका लागि कृषि उपकरण खरिद गर्न निश्चित प्रतिशत नगद अनुदान उपलब्ध गराउने एक वडा एक उत्पादनको नीतिलाई प्राथमिकता राखेको गाउँपालिकाले जनाएको छ।

कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पु-याउन ग्रीन हाउस, भण्डार गृह र साना सिँचाइ संरचनाहरू निर्माण गरिन, कोभिड १९ को महामारीबाट प्रभावित कृषकहरूको जीविकोपार्जन सुधार, विदेशबाट रोजगारी गुमाई फर्किएका युवाहरूलाई कृषिमा रोजगारी प्रदान गर्न एवं उत्पादन बृद्धि का लागि विशेष कार्यक्रम ल्याइने उल्लेख छ।

किसानलाई कृषि पेशाामा आत्मनिर्भर गराउन र कृषि उत्पादकत्व वृद्धिका लागि आधुनिक कृषि औजारहरूको व्यवस्था गरिने छ। साथै कृषि उत्पादनलाई वजारसम्म पु-याउनका लागि कृषि वजारको व्यवस्था गरिने निती कार्यक्रममा उल्लेख गरिएको छ। त्यसैगरेर गाउँपालिकामा कृषिसँग सम्वन्धीत उद्योगहरू स्थापनाको लागि प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा गरिने उल्लेख छ।

कोभिड–१९ उन्मुलन नहुँदासम्म विद्यालयमा शिक्षक–विद्यार्थी विचको भौतिक दुरी कायम गरी पठनपाठनको व्यवस्था गरिने र विद्यालयमा प्रवेश गर्दा विद्यालय परिवारले सावुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने र माक्सको प्रयोग गर्ने प्रयोजनको लागि आवश्यक सहयोग गरिने छ। कोरोना माहामारी उन्मुलन नहुँदा सम्म विद्यार्थी धेरै भएका विद्यालयहरूमा १/१ जना स्वास्थ्य कर्मीहरूलाई नियमित रुपले विद्यालयमै हाजिर भई सहयोग गर्न व्यवस्था मिलाईने छ।

स्वास्थ्यमा सबैको पहुचका लागी ‘एक वडा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र’को सवलीकरण गरिने र पञ्चकुले स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिने निती कार्यक्रममा उल्लेख छ। खुला स्थानहरूको संरक्षण र विकास गर्दै कम्तीमा ‘एक वडा एक पार्क’ को कार्यक्रम लागू गरिने छ। सार्वजनिक जग्गाको अतिक्रमण रोकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय