पिसिआर परीक्षण रिपोर्ट समयमै दिन राष्ट्रियसभा सदस्यहरूको माग

राष्ट्रियसभा सदस्यहरूले समयमै पिसिआर परीक्षण विस्तार गर्न माग गरेका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कोरोना महामारी नियन्त्रणमा सरकारले काम गर्नै नसकेको टिप्पणी गरेका हुन्।

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले कोभिड–१९ को महामारी तीव्ररूपमा फैलिएको बताउँदै संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहलाई सहयोग नगरेको बताइन्।
कोरोना प्रकोप रोकथामका लागि स्थानीय सरकारहरूका बजेट पर्याप्त नरहेको उल्लेख गर्दै भट्टले बजेट व्यवस्थापनमा सरकारको ध्यान नगएको बताएकी छिन्।

क्वारेन्टाइनमा महिलामाथि भएको बलात्कारको घटनाको अनुसन्धानको प्रगतिबारे जानकारी दिन सरकारसँग भट्टले माग गरेकी छिन्। उनले पिसिआर परीक्षणको रिपोर्ट दिन ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छिन्।

त्यसैगरी सांसद अनिता देवकोटाले पनि क्वारेन्टाइनहरू असुरक्षित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

त्यसैगरी, सांसद कविता बोगटीले कर्णालीको खाद्य संकटका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। कर्णालीमा स्थापना भएका खाद्य संस्थानका डिपोहरूमा खाद्यकोटा बढाउन उनको माग छ।

ठेक्काका माध्यमबाट खाद्यान्य ढुवानी गर्दा तोकिएकोभन्दा कम परिणाममा ढुवानी गरिएको बताउँदै बोगटीले यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्।

शून्य समयमा बोल्ने सांसदहरूले कोभिड–१९ ले मृत्यु भएका मानिसलाई अरू नै कारण देखाउने सरकारी कदमको आलोचना गरेका छन्। पिसिआर परीक्षण व्यापक बनाउन र क्वारेन्टाइनहरूलाई सुरक्षित बनाउन माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय