विश्वमा एकै दिन थपिए १ लाख ३८ हजार नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार १ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस्तै संक्रमणका कारण २४ घण्टामा ३ हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सोमबार अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका ३१ हजार ८ सय ८५ संक्रमित फेला परेका छन्। त्यस्तै ३ सय ६३ जनाको मृत्यु भएको छ।

ब्राजिलमा २४ हजार ३ सय ५८ जना कोरोनाका नयां संक्रमित अस्पताल उपचारका लागि पुगेका थिए भने ७ सय ४८ जनाको मृत्यु भएको छ।

भारतमा सोमबार थप १३ हजार ५ सय ४० जनामा कारोना भाइरस संक्रमणको पुष्टी भएको छ। २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय १२ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय