दाङमा ९३ जना संक्रमित निकाे भए, वडाध्यक्षसहित थप १३ जनामा संक्रमण

दाङमा कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा भर्ना भएका ९३ जना निको भएर घर फर्किएका छन्। आइतवारसम्म जिल्लामा कोरोना संक्रमित भएर कोरोना विशेष अस्पताल बेलझुण्डी र कोरोना विशेष आइसोलेसन सेन्टर दक्षिण अम्राईबाट ९१ जना उपचारपछि घर फर्किएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ। दाङका कोरोना जित्नेहरु ९३ जना मध्य एक जना काठमाडौ र एक जना गुल्मीमा संक्रमित भएका थिए।

आपत कालिन कार्य सञ्चालन केन्द्रका अनुसार घोराही उपमहानगरपालिकाले निर्माण गरेको कोरोना आइसोलेसन सेन्टरबाट ३३ जना र कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ५८ जना हालसम्म डिस्चार्ज भएका छन्।

घोराही उपमहानगरपालिकामा कोरोना संक्रमित १ सय ४७ जना मध्य हालसम्म ४४ जना उपचारपछि घर फर्किको जिल्ला आपतकालिका कार्य सञ्चालन केन्द्रका बिनायक पौडेलले जानकारी दिए। घोराहीमा अव एक सय ४ जना संक्रमितहरु आइसोलेसन सेन्टरमा उपचार गराईरहेका छन्। जसमा एक जना वडा अध्यक्ष समेत रहेका छन्।

उनका अनुसार त्यसैगरी बंगलाचुली गाउँपालिका २१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म बंगलाचुलीमा ६८ जना कोरोना संक्रमित छन । पौडेका अनुसार हालसम्म लमहीमा ११ जना,गढवा गाउँपालिकामा ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना र बबई गाउँपालिकामा एक जना उपचारपछि घर फर्किएको केन्द्रले जनाएको छ। अहिले बंगलाचुलीका ४६ जना, तुलसीपुरका १० जना, गढवाका ७ जना, राजपुरका ७ जना, राप्तीक ११ जना, शान्तिनगर र बबई १–१ जना संक्रमित उपचारत रहेका छन्।

कोरोना संक्रमित मध्य १३ जना स्वास्थ्यकर्मी,तीन जना जनप्रतिनिधि र एक जना नेपाली सेनाका जवान समेत रहेका छन्। अहिले विभिन्न आइसोलेशनमा १ सय ९१ जना उपचारत रहेका छन्।

घोराही–२ का वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण

यसैविच सोमवार दाङमा थप एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको हो।

उनको जेठ २४ गते स्वाव संकलन गरिएको थियो । त्यसैगरी वडा नं. २ का १७,२२ र ३८ बर्षीष पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।

त्यसैगरी घोराही– ३ का २३ र ३० बर्ष, घोराही–५ का ३१ बर्ष र घोराही–६ का १६, २३, २३ २५, ३२, ३७ बर्षीय पुरुष र १९ बर्षीय एक जना गरि ७ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय