प्रदेश २ मा कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको हो ।

कोरोना संक्रमितको संख्या ३ हजार २९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ को सप्तरीमा १३, सिरहामा २५, धनुषामा ९, सर्लाहीमा ४६, रौतहटमा ३३ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा देखिएका छन् । सोमबार रौतहटमा ३३ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ हजार ७८ पुगेको छ ।
रौतहटपछि सर्लाहीमा कोरोना संक्रमितको संख्या अन्य जिल्लाभन्दा बढी देखिएको छ ।

सर्लाहीमा कोरोना संक्रमितको संख्या ५९७ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी सप्तरीमा १५१, सिरहामा १४८, धनुषामा २५७, महोत्तरीमा ५३५, बारामा १०७ र पर्सामा १५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय