लेखा समितिमा सांसदहरूकाे प्रश्न: स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नीलाई दिन किन हतारो?

अशोक अधिकारी/काठमाडाैं
प्रकाशित
२०७७ असार ८ गते १७:३९

स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिलाई दिने सरकारको निर्णयका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल सुरु भएको छ।

कानुनविपरीत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा ओम्नीलाई दिने सरकारको ‘हतारो’ निर्णयका विषयमा सांसदहरूले प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयका उच्च पदाधिकारीसँग प्रष्टीकरण लिन सुरु गरिएको हो।

एक अर्ब २४ करोड रुपैयाँमा पिपिई, टेस्ट किटलगायत मेडिकल सामग्री खरिद गर्न अन्तिम समयमा ओम्नीलाई ठेक्का दिएको अनियमितताबारे खुलासा भएपछि सरकारसँग लेखा समितिले जवाफ मागेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा एक करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको ठेक्का ओम्नीलाई दिने निर्णय कानुनविपरीत रहेको खुलेपछि गत वैखाख दोस्रो साता बसेको लेखा समितिको बैठकले खरिद प्रक्रियाको कागजात मगाउने निर्णय गरेको थियो।

एक अर्ब २४ करोड रुपैयाँमा पिपिई, टेस्ट किटलगायत मेडिकल सामग्री खरिद गर्न अन्तिम समयमा ओम्नीलाई ठेक्का दिएको अनियमितताबारे खुलासा भएपछि सरकारसँग लेखा समितिले जवाफ मागेको हो।

सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहलाई दिने निर्णयका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव तथा उच्च पदाधिकारी र विज्ञ सल्लाहकारको हतारोका कारण अनियमितता भएको ठहरिने सांसदहरूको धारणा छ।

सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह उपस्थित थिए।

सार्वजनिक लेखा समिति सदस्य एवं नेकपा नेतृ धर्मशीला चापागाईंले स्वास्थ्य सामग्री खरिदको विषयमा सचिव र महानिर्देशकसँग सोधपुछ गरिएको बताएकी छिन्।

नेतृ चापागाई बैठकमा भ्रष्टाचारजन्य र अपारदर्शिताका गतिविधिहरू तीव्र भएको टिप्पणी गर्दै कोरोना प्रकोपका बेला यस्ता शृंखला अझै तीव्र भएको बताएकी छिन्।

‘बाहिर यस्ता चर्चा–परिचर्चामा छन्, के हो भनेर सोधपुछ गरिएको छ, सूचना लियौं, अब स्वास्थ्यमन्त्रीलाई नै बोलाउने निष्कर्षमा लेखा समिति पुगेको छ,’ नेतृ चापागाईंले आयोमेलसँग भनिन्।

नेतृ चापागाई बैठकमा भ्रष्टाचारजन्य र अपारदर्शिताका गतिविधिहरू तीव्र भएको टिप्पणी गर्दै कोरोना प्रकोपका बेला यस्ता शृंखला अझै तीव्र भएको बताएकी छिन्।

नेपाली कांग्रेस नेता तथा सांसद राजेन्द्रकुमार केसीले बैठकमा उपस्थित सचिव र महानिर्देशकलाई सार्वजनिक खरिद ऐन विपरीत सल्लाहकारलाई संयोजक बनाएर स्वास्थ्य सामग्री किन खरिद गरियो भनेर प्रश्न गरेको बताए।

‘परिमार्जित लागत खडा नगरी, कति पैसाको कुन सामग्री किन्ने भनेर तय नगरी किन सामग्री खरिद गरेको,’ केसीको प्रश्न थियो, ‘वायुसेवाको विमान चार्टर्ड गर्दाको रकम भुक्तानी अहिलेसम्म भएको छैन, सरकारले गर्ने कि ओम्नीले गर्ने?’

समिति सदस्य केसीले सार्वजनिक खरिद ऐन विपरीत डलरमा खरिद गरिनु तथा सामान कति किनेको र एलसी कतिको खोलिएको हो भन्ने विषयमा पनि प्रश्न उठाएका छन्।

‘स्वास्थ्य सामग्री खरिदको विषय जनताको एजेन्डा बनिसक्यो, अब आवश्यकता अनुसार सरोकारवालालाई बोलाएर सोधपुछ गरिन्छ,’ केसीले आयोमेलसँग भने।

बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजाल, नेकपाका सांसद विरोध खतिवडा, नेकपाकै सांसद सूर्यप्रसाद पाठक, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव, सांसद चन्दा चौधरी लगायतले पनि ओम्नीलाई स्वास्थ्य सामग्री खरिद गर्न दिँदा भएको अनियमितताका सवालमा प्रश्न गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय