थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९ हजार ५६१
सोमबार थप देशभर ५३५ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५३५ जनामा कोरोना संक्रमण देखिएको बताए। आज ६४ जना महिला र ४६१ जना पुरुषमा संक्रमण देखिएको हो।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ हजार ५ सय ७१ पुगेको छ। हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवा बाहेक अन्य जिल्लामा कोरोना संक्रमण देखिएको छ।
आज विभिन्न अस्पताल ३७० जनासंक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । अहिलेसम्म २ हजार १ सय ४२ संक्रमण मुक्त भएर घर फकिएका छन । जसमध्ये १६१ जना महिला र १ हजार ९६१ जना पुरुष रहेका छन।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २३ पुगेको छ।