वीरगन्जमा दुई बालकसहित ११ जनाले जिते कोरोना
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत दुई बालकसहित ११ जना डिस्चार्ज भएका छन्।
आइसोलेसनमा बसेको १४ दिन भएपछि दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएका उनीहरूलाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ। उनीहरूको स्वास्थ्यमा कुनै समस्या नरहेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए।
डिस्चार्ज हुनेहरूमा पर्साको सखुवा प्रसौनी गाँउपालिका- २ गुलरीयाका डेढ वर्षे बालक र उनका ३ वर्षीयका साथै ३० वर्षीया आमासहित तीन जनाले कोरोना जितेका छन्।
त्यसैगरी जगरनाथपुर गाँउपालिका ६ का ८ जना पनि डिस्चार्ज भएका छन्। उनीहरूमा जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।